सुनचाँदीको भाउ स्थिर

न्युजलय १८ भदौ २०८१, मङ्गलबार ११:१५ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदी तोलाको १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।