दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४२ जनाको मृत्यु

न्युजलय २७ असोज २०८२, सोमबार १२:५४ मा प्रकाशित

काठमाडौं । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको बस दुर्घटनामा सात बालबालिकासहित ४२ जनाको मृत्यु भएको छ। मृतकमा मालावी र जिम्बावेका नागरिक पनि छन्। 

आइतबार साँझ लिम्पोपोको लुइस ट्रिचार्ड्ट नजिकै राजमार्गमा यात्रुवाहक बस पल्टिँदा ४२ जनाको मृत्यु भएको हो । 

लिम्पोपो यातायात विभागका अनुसार दुर्घटना मुसिनाको इङ्ग्वे लज नजिकै एन १ उत्तरमा भएको हो।

बसमा सवार छ जना गम्भीर घाइते, ३१ जना मध्यम घाइते र १२ जना सामान्य घाइते भएका छन्।

उनीहरूलाई लुइस ट्रिचार्ड्ट, सिलोम र एलिम अस्पतालमा लगिएको छ।