काँग्रेस सुनसरी क्षेत्र नं.१ को मत गणना हुँदै, सुजेन्द्र तामाङ १२८ मतले अगाडी

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०९:१० मा प्रकाशित

धरान । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं.१ को निर्वाचनको ४ सय मत गणना हुँदा क्षेत्रीय सभापतिमा सुजेन्द्र गोले १२८ मतले अगाडी छन् ।


धरान ८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनाको ४ सय मत गणना हुँदा संस्थापन इतरबाट सभापतिका उम्मेदवार सुजेन्द्र तामाङले २६१ मत ल्याएर अगाडी छन् भने उनका प्रतिस्पर्धी संस्थापन देउवा समुहका उम्मेदवार लक्ष्मी खतिवडाले १३३ मत पाएकी छिन् ।