प्रदेश १ मा आज थप ३४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ०७:५७ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।