२०७८ फाल्गुण ०२ गते सोमबारको राशिफल

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०७:०९ मा प्रकाशित

मेष । तपाईंको लागि यसपालिको प्रेम दिवसले आउने प्रेमका बाधा हटेर जानेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।

 

वृष । यसपालिको प्रेम दिवसमा साथीले अकस्मात् उपहार दिन सक्छन् । साथी दिनभरी तपाईँसँगै जोडिने र महत्त्वपूर्ण निर्णय लिन सक्छन् ।

 

मिथुन । तपाईंको लागि यसपालिको प्रेम दिवसमा नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।

 

कर्कट । आज अकस्मात् कसैले प्रेम प्रस्ताव राख्न सक्छन् या यदि कसैलाई मन पराउनु हुन्छ भने प्रेम प्रस्ताव राख्नु उपयुक्त हुनेछ ।

 

सिंह । तपाईंको लागि यसपालिको प्रेम दिवसले भावनात्मक कमजोरी बनाउन सक्छ, तर साँझमा साथीले विशेष उपहार दिन सक्छन् ।

 

कन्या । तपाईंको लागि यसपालिको प्रेम दिवसमा टाढिएका साथी नजिकिनेछन् । नयाँ मायालु व्यक्तिको पहिचान पनि हुनसक्छ ।

 

तुला । तपाईंको लागि यसपालिको प्रेम दिवस सामान्य रहनेछ । यति धेरै मायाँ गर्ने साथी पाउनु भएकोमा तपाईं खुसी हुनु होस् ।

 

वृश्चिक । तपाईंको लागि यसपालिको प्रेम दिवसमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिने र अरूलाई प्रभावित बनाउन सक्नुहुन्छ ।

 

धनु । तपाईंको लागि यसपालिको प्रेम दिवसमा वाणीमा संयमता नअपनाए प्रेम र मनोरञ्जनमा उल्झनको सामना पनि गर्नु पर्ला ।

 

मकर । तपाईंको लागि यसपालिको प्रेम दिवस खुसीले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछ । आजको दिन उत्साहपूर्ण रहनेछ ।

 

कुम्भ । तपाईंको लागि यसपालिको प्रेम दिवसमा प्रेमीले मनको कुरा भन्न पाउनेछन् । आजको दिन उत्साहित र रोमान्टिकमय रहनेछ ।

 

मीन । तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।