काठमाडौं । शुक्रबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।