इटहरीबाट भण्डै दुई दर्जन ‘विप्लप’ कार्यकर्ता पक्राउ

शंकर खत्री ३० कार्तिक २०७८, मङ्गलबार ०१:४३ मा प्रकाशित

इटहरी । आज नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्द सफल बनाउन सडकामा उत्रिएका झण्डै दुई दर्जन कार्यकर्ता इटहरीमा पक्राउ परेका छन् ।

सडकमा आएर नाराबाजी गर्दै गर्दा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको डिएसपी अर्जुन केसीसहितको टोली उनिहरुलाई पक्राउ गरेको हो ।

इटहरी आसपासबाट २१ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

विप्लपले गरेको बन्द सुनसरीमा आंसिक रुपमा परेको छ । इटहरीसहित धरान, इनरुवा, झुम्का, दुहवी लगायतका ठाउँमा विद्यालय ठप्प छन् ।

पसल व्यवसाय भने आंशिक रुपमा बन्द भएका छन् । लामो दुरीका सवारी साधन ठप्प नै भएका छन् । दुई÷तीन पाङ्ग्रे सवारी साधन भने निर्वाद रुपमा सञ्चालन भएका छन् ।