अक्षय कुमारको फिल्म ‘राम सेतु’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय २५ असोज २०७९, मङ्गलबार ०८:१४ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘राम सेतु’को ट्रेलर सार्वजनिक भएको छ।

  

फिल्ममा अक्षय पुरातत्वविदको भूमिकामा देखिएका छन्। उनले आर्यन कुलश्रेष्ठ पात्रको भूमिका निर्वाह गरेका छन्। अभिषेक शर्माले निर्देशन गरेको फिल्ममा अक्षयसँगै ज्याकलिन फर्नान्डिज, नुसरत भरुचा, सत्यदेव कंचराना, एम नासिर लगायतको अभिनय छ। फिल्मको कथा निर्देशक शर्माले नै तयार पारेका हुन्।

 

यो फिल्म अक्टोबर २५ देखि प्रदर्शनमा आउँदैछ। दीपावलीको शुभ अवसरमा रिलिज हुने ‘राम सेतु’ अक्षय कुमारका फ्यानका लागि उत्तम उपहार हो । 

 

फिल्मले राम सेतुको रहस्यमय संसारको भ्रमण गर्छ। फिल्ममा अक्षयको लुक फेरिएको छ ।