काठमाण्डौ । दाङबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस नवलपरासीको गैंडाकोटस्थित जयश्री पुल नजिकै पल्टिँदा १५ जना घाइते भएका छन् ।
बिहीबार(आज) बिहान ना ७ ख ४०३८ नम्बरको बस गैंडाकोट नगरपालिका–७ जयश्री पुल नजिकै दुर्घटनामा परेको हो । घाइते सबैको पुरानो मेडिकल कजेजमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बस अनियन्त्रित भई सडकबाट अन्दाजी २८ फिट तल पल्टिएको थियो।
घाइतेमध्ये ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक भने फरार छन् ।