स्रोत नखुलेको ८ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

न्युजलय ९ बैशाख २०८०, शनिवार ०७:४८ मा प्रकाशित

काठमाडौं । बुद्ध एयरको विमानबाट काठमाडौंबाट भैरहवा जान लागेका एक जना ८ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले स्रोत नखुलेको उक्त रकमसहित गुल्मीका गोविन्द पाण्डेलाई पक्राउ गरेको हो। लुकाइ छिपाइ लैजान लागेका उनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी शुक्रबार दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए।

उक्त रकम कुन प्रायोजनका निम्ति लैजान लागेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।