काठमाडौं । भारतीय पर्यटकले साथमा ल्याउन पाउने रकमको सीमा हटाइएको छ । यसअघि २५ हजार रुपैया मात्र ल्याउन पाइने नियम थियो । यो नियमका कारण भारतीय पर्यटकहरुले खुलेर खर्च गर्न सक्दैनथे ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ ।
त्यसभन्दा बढी रकम समेत भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सक्ने व्यवस्थालाई सहजीकरण गरिने समेत बजेटमा उल्लेख छ ।
भारत बाहेक देशका नागरिकले भने ५ हजार डलरसम्मको मुद्रा ल्याउन पाउने प्रावधान यसअघि नै थियो ।