खोटाङ । खोटाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचोल हुमेका ३३ वर्षीय सञ्जय राईलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अवैध हतियार राखेको सूचनापछि घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेपछि राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद ४८ ग्राम, सिसाको दुई गोली र ८५ केपी बरामद गरिएको छ ।
उनलाई हात हतियार खरखजानासम्बन्धी मुद्दा दायर गरी सात दिनको म्यादसमेत थपिएको बताइएको छ ।