रहिनन् कलाकार सुशीला ग्लानको निधन

न्युजलय २८ असोज २०७९, शुक्रबार ०७:१७ मा प्रकाशित

काठमाडौँ । कलाकार सुशीला ग्लानको निधन भएको छ। उपचारको क्रममा ग्लानको शुक्रबार बिहान जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा निधन भएको हो।


पारिवारका एक सदस्यका अनुसार जन्डिसबाट ग्रस्त भएपछि उनलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।


उनले विभिन्न म्युजिक भिडियोहरुमा अभियन गरेकी छिन्। उनले अभियन गरेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ जस्ता गीत लोकप्रिय छन्। उनले अभियन गरेको ‘मायाभन्दा ठूलो जात होइन कहाँ पर्यो घर ?’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने क्रममा रहेको छ।


काठमाडौँको शंखरापुरमा जन्मिएकी ग्लानको शुक्रबार नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ।