सुनको मूल्य घट्यो

न्युजलय ३० फाल्गुण २०८०, बुधबार १२:०५ मा प्रकाशित

 काठमाडौं ।  बुधबार(आज) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार र चाँदी २० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।