धरान । धरान उपमहानगपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको छाता संगठन विद्यालय व्यवस्थापन समिती महासंघ नेपाल शनिबार गठन भएको छ ।
सामुदायिक विद्यालय व्यवस्थपान समिती कोशी प्रदेशको आयोजनामा भएको प्रथम धरान नगर सम्मेलनले हरिप्यारा श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ।
धरान स्थित पब्लिक हाईस्कुलको सभाहलमा भएको सम्मेलनले समितिको उपाध्यक्षमा नैनकला न्यौपाने, सचिव संगिता सुनुवार लिम्बू, कोषाध्यक्ष विवक राई, तथा सह–सचिवमा महेश प्रधानलाई चयन गरेको छ ।
सदस्यहरुमा सल बहादुर खवास, ममता राई, देउमान लिम्बु सरस्वती रजक,भरत खत्री,चन्द्रकुमारी तामाङ्ग,स्वर्णिम लिम्बू मिना लावती, पदमसुन्दर लिम्बू, टंकबहादुर आले, केदार राई,कर्ण बहादुर गुरुङ र विश्वराज खनाल गरी जम्मा १८ सदस्यीय सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघ गठन भएको हो ।
नेपालमा महासंघ २०७० सालमा स्थापना भएका थियो ।सम्मेलनमा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र बिक्रम बेघा रहेको उक्त कार्यक्रममा बिशिष्ठ अतिथी सामुदायिक विद्यालय व्यवस्थापन समिति केन्द्रीय सचिव काशीनाथ दंगाल, पब्लिक हाई स्कूलका प्राधानाध्यापक ईन्द्र मोहन झा, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराँती शिक्षा महाशाखा धरानका प्रमुख गणेश खतिवडाले समेत शुभकामना मन्तव्य राखेका थिए ।
धरान नगर क्षेत्रमा २२ वटा आधारभुत विद्यालय सहित जम्मा ४९ वटा विद्यालय रहेको तथ्याङ प्रतिवेदनमा उल्लेख छ ।