घट्यो सुनको मूल्य

न्युजलय ३० बैशाख २०८२, मङ्गलबार १२:५५ मा प्रकाशित

काठमाडौँ । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजारले घटेको छ । चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।