सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय ३१ असोज २०८२, शुक्रबार ११:४९ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य नयाँ कीर्तिमान सहित तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन प्रति तोला ७ हजार १०० रुपैयाँले बढेको हो।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ पुगेको छ।