नेपाल आइडल सिजन ६ को फिनाले आज

न्युजलय १५ भदौ २०८२, आइतबार ०२:०७ मा प्रकाशित

काठमाडौं । सांगीतिक रियालिटी शो नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। 

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा साँझ ५ बजेदेखि सुरू हुने समारोहमा नेपाल आइडलको छैटौं सिजनको विजेता घोषणा गरिनेछ। 

यसअघिका सिजनमा फिनालेमा चार जनाबीच प्रतिस्पर्धा हुने गरिएकोमा यस पटकको सिजनमा पाँच जना प्रतिस्पर्धीहरू फिनालेमा पुगेका छन्।

अभिनय खाति, बबिता थापा मगर, दर्शना गान्धारी, मृनल मानन्धर र गंगा सोनमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। 

आजको फिनालेमा प्राप्त भोटिङका आधारमा एकजना प्रतिस्पर्धीले नेपाल आइडल सिजन ६ को उपाधि चुम्नेछन्। 

विजेताले नगद २५ लाख रूपैयाँ प्राप्त गर्नेछन् भने फस्र्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो र चौथो रनरअपका लागि भने पुरस्कारको घोषणा फिनाले समारोहमा नै गरिने आयोजक टिमले जनाएको छ।

फिनालेको प्रत्यक्ष प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ।