काठमाडौं । मंगलबार(आज) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १८ हजार, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० तोकिएको छ ।
आज चाँदीको मूल्य एक हजार ४५० रुपैयाँ तोकिएको छ ।