काठमाडौं । नेपाली फिल्म ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ ।
यो ग्याङस्टर फिल्मको कथावस्तु एक हत्याको घटनाको वरपर घुम्छ । यस थ्रिलर फिल्ममा अशान्त शर्मा, मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारतीय, उत्पल झा, पशुपति राई र विजय ताम्राकारको अभिनय छ ।
निर्देशक मदन थापा र छायाकार शरण ऋषि भारतको तमिल उद्योग चेन्नईमा काम गर्दै आएका छन् । दक्षिण भारतीय निर्माणको शैली दिने यो फिल्मलाई नेपाली, अंग्रेजी, तमिल र हिन्दीसहितका चार भाषामा तयार गरिएको निर्माता चन्दन झाले जानकारी दिए ।
काठमाडौं र उदयपुरमा छायांकन गरिएको फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन ।