इटहरी । सुनसरीका अग्रज पत्रकार सुविद गुरागाईंले नयाँ गजल ल्याएका छन्।
यसअघि ‘नलाएको माया’लगायत थुप्रै गीत–गजलमा शब्द रचना गरेका गुरागाईंले ‘जब मन धेरै दुखेको हुन्छ’ गजलको रेकर्ड गरी भिडिओ सार्वजनिक गरेका छन्।
‘नलाएको माया’ सांगीतिक बजारमा चर्चित गजल हो। गायक सत्यराज आचार्यको आवाज रहेको उक्त गजललाई युटुबमा करिब ३८ लाख पटक हेरिएको छ।
उक्त गजलझैं यस गजलबाट पनि गुरागाईं आशावादी देखिएका छन्।
श्रेय अगस्तीको स्वर तथा संकेत अगस्तीको संगीतमा बनेको गजलको भिडियो आठ मिनेट ४५ सेकेन्डको छ। उक्त भिडिओ ओ एसआर मुभिज च्यानलबाट सार्वजनिक गरिएको छ।