‘डिसेम्बर फल्स’ फिल्मको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय ९ पुस २०७९, शनिवार ०६:३५ मा प्रकाशित

काठमाडौं । आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को नयाँ गीत सार्वजनिक भएको छ ।

 

यो फिल्म पुस १५ गते अर्थात आगामी शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।

 

शनिबार सार्वजनिक ‘यो के भयो’बोलको गीतमा अभिनेता आर्यन र अभिनेत्री उपासनाबीचको प्रेमभावलाई व्यक्त गरिएको छ । उक्त भिडियोमा कोरियोग्राफर कविराज गहतराजले आर्यन र उपासनालाई रोमान्टिक रुपमा प्रस्तुत गरेका छन् ।

 

सुशान्त गौतम र अनिल शर्माको शब्द, सुशान्त गौतमको संगीत रहेको गीतमा अस्मिता अधिकारी र मनिष ढकालले स्वर दिएका छन् । प्रविण झाको निर्देशन रहेको ‘डिसेम्बर फल्स’ लभस्टोरी र एक्सन जनरामा निर्माण भएको फिल्म हो । 


आर्यन र उपासनाका साथमा फिल्ममा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

 

विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता छन् । राज कुमार भट्ट पनि निर्माता रहेको फिल्ममा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता छन् ।


महेश आर गुप्ताको छायाँकन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् ।