काठमाडौं । बाजुरामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् ।
नेपाल टेलिकमको टावर मर्मतका लागि गएको प्राविधिकसहितको टोली सवार बा ५ च २२०९ नम्बरको जीप जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भने हुन बाँकी छ ।
मंगलबार बिहान दुर्घटना भएको खबर आउनासाथ प्रहरी चौकी कुन्दबाट हवल्दारको नेतृत्वको पाँच जना र इलाका प्रहरी कार्यालय बूढीनन्दाबाट प्रहरी निरीक्षकको नेतृत्वमा ६ जनाको टोली घटनास्थल पुगेको छ ।
जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।