काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ६.२ रेक्टरस्केलको भूकम्पको झट्का महसुस भएको छ ।
अमेरिकी समय अनुसार सोमबार दिउँसो १२ बजे आएको भूकम्पको केन्द्र सान फ्रान्सिस्को शहरबाट उत्तर पश्चिममा करिब ३३७ किलोमिटर टाढा थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सेक्रामेन्टो र सान फ्रान्सिस्को खाडी इलाकाका निवासीले झट्काको सूचना दिएका हुन् । भूकम्पका कारण कोही पनि हताहत भएको जानकारी प्राप्त भएको छ ।
क्यालिफोर्नियाका एक जनरल स्टोर सञ्चालकले करिब २० सेकेन्डसम्म झट्का महसुस गरेको जानकारी दिए । झट्का कारण स्टोरको दराजमा राखिएका सिसाका बोतल खसेर फुटेको उनले बताए ।