सुनको मूल्य बढ्यो

न्युजलय ११ फाल्गुण २०८२, सोमबार ०४:४० मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज तोलाको ३ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ । 

त्यस्तै चाँदीको मूल्य १७० रुपैयाँले बढेर तोलाको ५ हजार ५९५ रुपैयाँ पुगेको छ ।