काठमाडौँ । सोमबार सुनको मूल्य बढेको छ।
आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।