सलकपुर खानेपानीको साधारणसभा स्थगित

न्युजलय २५ असार २०८०, सोमबार १२:१४ मा प्रकाशित

मोरङ । सुन्दरहरैंचा–८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभा स्थगित गरिएको छ । 

शनिबार बोलाइएको साधारणसभामा पुगेका केही उपभोक्ताहरुले नेतृत्वले एकतर्फिरुपमा आफ्नो पक्षका मान्छेलाई मात्र खबर गरेर साधारणसभा गर्न लागेको भन्दै विरोध गरेपछि साधारणसभा स्थगित गरिएको हो ।

साधारणसभामा विरोध हुन थालेपछि गणपुरक संख्या नपुगको भन्दै साधारणसभा स्थगित गरिएको हो । साथै विधान संंशोधन गर्नुपर्ने माग पनि उठेको छ । 

करिव २४ सय उपभोक्ता रहेकोमा ४ सय ९१ जना मात्र उपस्थित भएको बताइएको छ । उपभोक्ताहरुले विरोध जनाएपछि गणपुरक संख्या नपुगको भन्दै ३ महिनाभित्र साधारणसभा बोलाउने निर्णय गर्दै साधारणसभा स्थागित गरिएको छ ।  

यसैबीच साधारणसभा स्थगित हुनुअघि खानेपानी आयोजनाको नवनिर्मित खानेपानी टंकीको  उद्घाटन गरिएको छ ।