लेटाङमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु

न्युजलय २१ बैशाख २०८०, बिहिबार १०:४८ मा प्रकाशित

विराटनगर । मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भ्यानका चालक मोरङकै पथरीशनिश्चरे नगरपालिकाका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीहरूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको मोरङका ट्राफिक प्रमुख एवं प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा लेटाङ–६ का ५५ वर्षीय रुद्र लम्साल गम्भीर घाइते भएका छन् । सोही अस्पतालमा उनको उपचार भइरहेको छ ।

भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको १–०२–००१ ज ३९५३ नम्बरको पिकअप दुर्घटनामा परेको हो । भ्यान सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।