पाल्पा-बुटवल सडक आजदेखि दैनिक ७ घण्टा बन्द

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०७:१० मा प्रकाशित

काठमाडौं । पाल्पा-बुटवल सडक खण्ड आजदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।


सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आउँदो पुस १३ गतेसम्म दैनिक ७ घण्टा बन्द हुने भएको हो ।


सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर आजदेखि पुस १३ गतेसम्म राति साढे नौ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने जनाएको छ ।


चौडा बनाउन र पहाड कटानका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाइ छ । सिद्धबाबा–झुम्सापुल र कालीमाटी–गौडेपुलसम्म काम भइरहेको छ ।