मोरङ । देशभर गर्मीले जनजीवन प्रभावित भएको छ । केही सहरको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।
अत्यधिक कर्मी बढेपछि विराटनगर र सुनसरीमा विद्यालयहरू बन्द गरिएका छन् । इनरुवासहित तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका र इटहरी उपमहानगरले विहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको छ ।
त्यस्तै विराटनगर उपमहानगरपालिकाकाले गर्मीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावना बढेको भन्दै विहीबार र शुक्रबार महानगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ ।