रहेनन् लोकदोहोरी गायक भीम पोडेल

न्युजलय १३ माघ २०७९, शुक्रबार ०७:५४ मा प्रकाशित

काठमाडौं । लोकदोहोरी गायक भीम पोडेलको निधन भएको छ । 

स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी बताउँछन् । उनको घरमै निधन भएको हो । 

पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए । रमेश भीमको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको बताउँछन् ।