सुनको भाउ बढ्यो

न्युजलय १० असार २०८१, सोमबार ११:४८ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ तोकेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८२० रुपैयाँ कायम भएको छ ।