मतगणनामा धाँधली भएको भन्दै गुरू घिमिरेद्वारा पुनः गणना गर्न माग

न्युजलय २० मङ्सिर २०७८, सोमबार ११:२२ मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ मा भएको मतगणनामा धाँधली भएको भन्दै गुरू घिमिरेले पुनः गणनाका लागि माग गरेका छन्।

१४ औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–१ को पदाधिकारी मतगणनामा धाँधली भएको भन्दै घिमिरेले पुनः मतगणना गर्न माग गरेका हुन्। 

दुई मतले पराजित गुरू घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गर्दै भने,  ‘पुनः मतगणनाको अन्तिम मत परिणाम नआउन्जेल निर्वाचन समितिलाई कुनै कार्यक्रम अघि नबढाउन आग्रह छ।’

संस्थापनइतर समूहबाट उठेका घिमिरे संस्थापन–सिटौला पक्षका उमेदवार उद्धव थापासँग पराजित भएका थिए। मत परिणाममा चित्त नबुझेकोले पुनः मतगणनाको लागि निवेदन दर्ता गराएको घिमिरेले बताए।