काठमाडौँ । सरकारले कोशी, गण्डकी लगायतका मुख्य नदीबाट कलकत्तासम्म पानीजहाज सञ्चालनका लागि अध्ययन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कलकत्ता बन्दरगाहसम्म जल यातायात सञ्चालनका लागि आवश्यक तयारी गरिने घोषणा गरेका हुन् ।