बुटवलबाट शव लिएर गुल्मी जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

न्युजलय १८ पुस २०७८, आइतबार १२:०० मा प्रकाशित

बुटवल । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। 

लु २ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा  ७ जनाको घटनास्थलमा मृत्यु भएको हो ।

८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।