विराटनगर । विराटनगरमा आँखा पाक्ने रोगका बिरामी बढ्दै गएका छन्। चर्को गर्मी याम, धुलो धुवाँसँगै मानिसको आँखा पाक्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई सचेत रहन आव्हान गरेको छ।
विद्यालयमा विद्यार्थीबीच यसले प्रभाव बनाउँदै लगेको बताएका महानगरका स्वाथ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार पछिल्लो एकसातादेखि विराटनगरमा आँखा पाक्ने रोगका विरामीको संख्या बढ्दै गएको छ।
महानगरका विभिन्न वडासंँगै विद्यार्थीहरुमा आँखा पाक्ने रोगको समस्या देखिँदै आएको उनले बताए। अलीका अनुसार हाल महानगरले आँखामा देखिएका विभिन्न समस्यालाई लिएर जथाभावी औषधी प्रयोग नगर्न सुझाव दिँदै आवश्यक जाँचका लागि चिकित्सकलाई सम्पर्क गर्न आग्रह गरेको छ।