चलचित्र पशुपतिप्रसाद–२ को घोषणा

न्युजलय १५ माघ २०७९, आइतबार ०४:०५ मा प्रकाशित

काठमाडौं । निर्देशक दिपेन्द्र के खनालले पशुपति प्रसाद–२ ‘भिस्मे डन’ निर्माणको घोषणा गरेका छन् ।

पशुपति प्रसादको समापन भएको खुसीसाटेसँगै नयाँ चलचित्र ‘पशुपति प्रसाद–२ ‘भस्मे डन’को घोषणा गरिएको हो ।

पशुपतिप्रसाद निर्माण भएको ७ वर्षपछि पशुपति प्रसादकोसिक्वेल बनाउन लागिएको निर्देशक खनालले जानकारी दिए।

चलचित्र आगामी असोजको फुलपातीको दिन प्रदर्शन हुने जनाइएको छ । चलचित्रमा विपिन कार्की, शौगात मल्ल,स्वस्तिमा खड्का, रबिन्द्र सिंह बानियाँ लगायतका कलाकारहरुको अभिनय रहने छ ।