२०७८ साल कार्तिक ७ गते अाईतबार

आकाश र पूजाले भने, ‘बिहे भा छैन’

न्युजलय २३ असोज २०७८, शनिवार ०४:२३ मा प्रकाशित

काठमाडौ । आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको बिहे भा छैन बोलको गीतको भिडियो सार्वजनिक भएको छ। दसैँको अवसर पारेर म्युजिक भिडियो संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 

डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियोलाई यसका निर्देशक तथा कोरियोग्राफर कविराज गहतराजले फिल्मी गीत शैलीको रूप दिएका छन् । उनले आकाश र पूजालाई भरपुर मनोरञ्जक शैलीले प्रस्तुत गरेका छन् । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ।