इटहरी । नागरिक समाज इटहरीले आपसी भाइचारा र सामाजिक सद्भावलाई खलल पुयाउने क्रियाकलाप दोहोरिन नदिन आग्रह गरेको छ ।
विज्ञप्ती जारी गर्दै समाजले द्वन्द बढाउने काम हुन नदिन तीनै तहका सरकारसँग आग्रह गरेको हो ।
अध्यक्ष बालिका खड्काद्वारा सार्वजनिक विज्ञप्तीमा नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतासहितको देश रहेको उल्लेख गर्दै धरानको गोबध प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पुयाएको र सांप्रदायिक दंगाको रुप लिनेतर्फ चिन्ता बढाएको उल्लेख छ ।
साथै ९ गतेको सद्भाव र्यालीमा सचेतता अपनाएकोमा सबै पक्षलाई समाजले धन्यवादसमेत दिएको छ ।