सुनको मूल्य हालसम्मकै उच्च

न्युजलय १६ चैत २०८१, आइतबार ११:२१ मा प्रकाशित

काठमाडौँ । निरन्तर बढिरहेको सुनको मूल्य आज तोलामा छ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार प्रतितोला एक लाख ७६ हजार दुइ सयमा कारोबार भएको सुन आज तोलामा एक लाख ७६ हजार  आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला  १५ घटेर दुई हजार २५ कायम भएको छ ।