विराटनगर । राकेश सुरानाको नेतृत्वमा उद्योग सङ्गठन मोरङमा नयाँ कार्य समिति चयन भएको छ । शनिवार भएको निर्वाचनबाट १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
अध्यक्षमा सुराना, वरिष्ठ उपाध्यक्षमा नन्द किशोर राठी, उपाध्यक्ष (वित्तीय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि,उर्जा,जलश्रोत) मा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) मा विपिन कावरा निर्वाचित भएका हुन् । त्यस्तै कोषाध्यक्षमा सुबोध कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यको ८ पदमा सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दीपक कुमार अग्रवाल र वीरेन्द्र राठी निर्विरोध निर्वाचित भएका छन् ।