मेष । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ ।
वृष । आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ ।
मिथुन । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।
कर्कट । आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
सिंह । शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
कन्या । विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।
तुला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।
वृश्चिक । आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
धनु । सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला ।
मकर । आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । बाहन लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
कुम्भ । आजको यात्रामा बिघ्नबाधा आइलाग्नेछ । आहार विहारमा विशेष सावधानी अपनाउनु होला नत्र स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।
मीन । आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।