आजको सुनको भाउ

न्युजलय १४ माघ २०८०, आइतबार १२:०९ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) पनि सुन–चाँदीको भाउ स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुनको भाउले आइतबार पनि निरन्तरता पाएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।