बेलबारीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०४:५८ मा प्रकाशित

मोरङ । मोरङको बेलबारी नगरपालिका–८, भाउन्नेमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । पूर्व–पश्चिम राजमार्गमा मंगलबार राति नम्बर नखुलेको सवारीसाधनले उनलाई ठक्कर दिएको बुझिएको छ ।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको छ । दुर्घटनापश्चात् सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।