काठमाण्डौ । नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को सेमिफाइनलमा प्रवेश गरेकी छन्।
कोच जोन लिजेन्डको तर्फबाट उनले टप १२ मा एलेसिया काराको ‘स्कार्स टु योर ब्युटिफुल’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरेका गरे।
सेमिफाइनलमा प्रवेश गरेपछि उनले एक भिडिओमार्फत शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले फाइनलको लागि दुई साता मात्रै रहेको हुँदा भोट गर्न अपिल गरेकी छन्।
सेफिफाइनलमा उनले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुति दिनेछिन्।