भोलीबाट नयाँ व्याजदर, मुद्दतिमा १०.०३ देखि ११.०३ प्रतिशत

न्युजलय २९ माघ २०७८, शनिवार ०२:२९ मा प्रकाशित

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि फागुन १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.५३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ ।