काठमाडौ । एक वर्षमा नेपालीले गँगटा, अक्टोपस लगायतका ‘सी फूड’ किन्न १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । भन्सार विभागका अनुसार सलमान माछादेखि ट्राउट माछा, जिउँदा माछा, साल्मोनिडे माछा लगायतका माछा आयात भएका छन् ।
यसका साथै, माछाको फ्रोजन मासु, क्याटफिस, क्र्याप प्रजातिका माछा, ऐल्स, विभिन्न प्रजातिका माछाका अण्डा, एटलान्टिम सलमान माछा र टुना माछा यसका फ्रोजन मासु लगायतका छन् । यसका साथै क्याटफिस, यसका विभिन्न प्रकारका फ्रोजन मासु, प्राउन लगायतका सी फूड समेत नेपालमा आउने गरेका छन् ।