न्यून चापीय रेखा नेपालबाट केही टाढा सर्‍यो, वर्षाको सम्भावना घट्यो

न्युजलय १३ भदौ २०८०, बुधबार ०८:१६ मा प्रकाशित

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा नेपालबाट केही टाढा भएकाले कम्तीमा ३ दिन मौसम बदली र वर्षा उल्लेख्य मात्रामा नहुने मौसमविद्ले बताएका छन्।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आगामी शुक्रबारसम्म देशभर कतै भारी वर्षाको सम्भावना छैन। 

मौसमविद् अधिकारीका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ। यसअघि यो रेखा सरदर स्थानको उत्तरतर्फ अर्थात् नेपाली नजिक थियो।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र देशका बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।