ब्राउन सुगरसहित तीन जना पक्राउ

न्युजलय २२ माघ २०८२, बुधबार ०१:२६ मा प्रकाशित

इटहरी । लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरले उनीहरूलाई पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका १ र भोक्राहा नरसिंह गाउँपालिका–६ स्थितबाट धनकुटा नगरपालिका–९ का सुक्दिप राई र शहीदभूमि गाउँपालिका–४ का साजन राई १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

यसैगरी सप्तरीका ईश्वरप्रसाद भगतलाई ३ ग्राम ४ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।