थप ५ सय ४९ जनामा कोरोना संक्रमण, ६ संक्रमितको मृत्यु

न्युजलय १२ कार्तिक २०७८, शुक्रबार ०४:१६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।९ हजार ७ सय ४६ जनामा नमुना परीक्षण गर्दा ५ सय ४९ जनामा कोरोना संक्रमण पाइएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार १ सय ४५ जनामा पीसीआर परीक्षण गरिएको थियो भने २ हजार ६ सय १ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । 

यससँगै हालसम्म मुलुकभर ९ लाख ६ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  शुक्रवार ६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ ।